बारा प्रहरीको हिरासतबाट एक थुनुवा फरार
आइतबार, १३ माघ २०८१, १७ : २४
बारा । बारा प्रहरीको हिरासतबाट एक जना थुनुवा भागेका छन् । बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवा भागेको बारा प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार सिमरा– २ निवासी महेश चौधरी फरार भएका हुन् ।
उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता रहेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
उनका अनुसार फोहोर फ्याल्न निकाल्दा उनी फरार भएका हुन् । फरार चौधरी गएको ९ गते पक्राउ परेको बारा प्रहरीले जानकारी दिएको छ । विशेष टोली परिचालन गरेर उनको खोजी कार्य भइरहेको प्रहरी दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण