मेयर आले बुद्धिचाल च्याम्पियन
टक्सार । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले भोजपुर जिल्ला बुद्धिचाल सङ्घद्वारा आयोजित प्रथम भोजपुर जिल्ला बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन्।
भोजपुर उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको खेलमा शतप्रतिशत जित दर्ता गर्दै भोजपुर नगरपालिका–७ का प्रमुख आले च्याम्पियन बनेका हुन् । आलेले हेमा राई, राजकुमार राई, सङ्ग्राम राई, टीकाराम राई, उमेश मगर, नारायण तामाङ र प्रदीपकुमार राईलाई पराजित गरेका थिए ।
यस्तै पाँच जित, एक बराबरी र एक हारको नतिजा निकाल्नुभएका आमचोक गाउँपालिकाका उमेश मगर दोस्रो भए । मगर च्याम्पियन बन्न सफल आलेसँग पाँचौँ चरणमा पराजित हुनुभएको थियो भने टीकाराम राईसँग अङ्क बाँडेका बराबरी गरेका थिए ।
समान पाँच अङ्क जोड्न सफल भोजपुर नगरपालिका वडा नं ६, देउरालीका नारायण तामाङ, टेम्केमैयुङ गाउँपालिका आठ, गोगनेका भगतकुमार राई, भोजपुर नगरपालिका पाँचका प्रदीपकुमार राई र टेम्केमैयुङ गाउँपालिका एक, तिम्माका टीकाराम राई क्रमशः तेस्रोदेखि छैटौँ भए । यस्तै टेम्केमैयुङ गाउँपालिका पाँचका हेमराज राई उत्कृष्ट सात स्थानमा परे ।
प्रतियोगिताको विधागत पुरस्कारतर्फ टेम्केमैयुङ गाउँपालिका एक, तिम्माकी सन्तोषी राई महिला प्रथम भइन् भने भोजपुर नगरपालिका–७ भोटेपसलका संस्कार राई अन्डर १५ टपको पुरस्कार जित्न सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण