विराटनगरबाट ३८ वटा मानव खप्पर र १० थान मानिसको नलीखुट्टासहित एक जना पक्राउ
आइतबार, २० माघ २०८१, १२ : ३६
विराटनगर । भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । बिहान ७ बजेटर ४९ मिनेट जाँदा भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो ।
सीमामा खटेका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहालको नेतृत्वको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको हो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण