दक्षिण अफ्रिकालाई हराउँदै भारत दोस्रोपटक महिला यू–१९ च्याम्पियन
काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको क्वाललम्पुरमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि गोंगादी तृषाले सर्वाधिक ४४ रन बनाइन् । उनले ३३ बलको सामना गर्दै ८ चौका प्रहार गरिन् । उनलाई सानिका चल्केले २२ बलमा २६ रन बनाउँदै राम्रो साथ दिइन् । उनले ४ चौका हिर्काइन् । यसअघि ओपनर जी कामालिनी ८ रन बनाएर पभेलियन फर्किएकी थिइन् ।
यसअघि दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८२ रन बनाएको थियो । टोलीका लागि माइकी भान भुर्सटले सर्वाधिक २३ रनको योगदान दिइन् । उनले १८ बलमा ३ चौका हिर्काइन् ।
त्यस्तै, जेमा बोथाले १४ बलमा १६ रन जोडिन् । फे काउलिङले १५ रन तथा काराबो मेसोले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिकालाई सस्तोमा समेट्न गोंगादी तृषाले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर ३ विकेट लिइन् । आयुषी शुक्ला, पारुनिका सिसोदिया र वैश्णवी शर्माले २–२ विकेट तथा शबनम सकिलले १ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण