कर विवाद : क्यानडा र मेक्सिकोसँग ट्रम्पले वार्ता गर्ने
काठमाडौँ । क्यानडा र मेक्सिकोको सामानमा २५ प्रतिशत कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पले आइतबार क्यानडा, चीन र मेक्सिकोमा कर लगाउने घोषणा गरेका थिए । अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको कर मंगलबार रातिदेखि लागू हुन लागेका बेला उनले यस्तो बताएका हुन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले प्रतिक्रियामा अमेरिकामाथि कर लगाउने बारेमा कुरा गरेका थिए।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका थिए, 'डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि कर लगाउनेछ।' उनको सरकारले १५५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने बताइएको छ ।
सोही समयमा, मेक्सिकोका राष्ट्रपतिले पनि अमेरिका विरुद्ध पनि प्रतिशोधात्मक कारबाही बताएका थिए । जसमा कर पनि समावेश थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण