झापामा ६ राउण्ड गोली प्रहार, एक जना लागू औषध कारोबारीको खुट्टामा लाग्यो गोली
विराटनगर । झापाको कनकाई–४ मनोकामना टोलबाट प्रहरीले ६ राउण्ड गोली प्रहार गरी दुईजना भारतीय लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
कनकाई नगरपालिका ४ मनोकामना टोलमा साँझ ५ः४० बजेको समयमा दुई जना भारतीयले लागू औषध लुकाएर राखेको भन्ने खबर पाएपछि वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा प्रहरीको टोलीले कारोबारीलाई पिछा गरेको थियो ।
त्यसक्रममा उनीहरू भागेपछि ६ राउन्ड चलाउनु परेको थियो । भाग्ने क्रममा भारत डिघलबैँक थाना वडा नम्बर ५ बिहार घर भएका २८ वर्षीय अन्जर आलमलाई गोली लागेको छ । उनको देब्रे खुट्टामा गोली लागेको छ भने उनका भाइ १७ वर्षीय युसुव आलमलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेपसछि साथमा रहेको बिआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकल र उनीहरूको साथमा रहेको अन्दाजी ३५ ग्राम ब्राउन सुगरसमेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । घाइतेको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
-
माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश
-
व्यवसायी अजेय सुमार्गीको राहदानी रोक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण