तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता
वीरगन्ज । बाराबाट एक तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता भएका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-७ रन्जित जैसवालको घर अगाडिबाट तीन वर्षीय बालक बेपत्ता भएको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीका अनुसार रौतहटको दुर्गा भवानी गाउँपालिका वडा नम्बर-१ रितेश चौधरीका तीन वर्षीय छोरा हन्स चौधरी बेपत्ता भएका हुन् ।
उनी यही १७ गते जैसवालको घर अगाडि खेलिरहेका उनी एकाएक बेपत्ता बनेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
उनले भने, "विहान ९ बजेको हाराहारीमा घर अगाडि खेलिरहेका तीन वर्षीय चौधरी बेपत्ता भए, त्यसपछि फेला नपरेपछि हामी कहाँ खबर आयो । अनि त्यही दिनदेखि हामी पनि खोजविन गर्दैछौं ।तर अहिलेसम्म फेला पार्न सकिएको छैन ।"
प्रहरीका अनुसार उनी गएको २ महिनादेखि मामाघर बस्दै आएका थिए । जैसवाल बालकका मामा हुन् । रातो कलरको हुड र ब्लु रङ्गको पाइन्ट लगाएको अवस्थामा उनी सम्पर्कविहीन भएको बारा प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता भएको दिनदेखि परिवारजनको समन्वयमा चौधरीको खोजीकार्य भइरहेको प्रहरी भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण