अपराध
झापाको होटलमा बेहोस भएका युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ
शुक्रबार, २५ माघ २०८१, १९ : ००
काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन् ।
उनी आफ्नी केटीसाथी सुनसरी घर भएर कनकाई नगरपालिकामा बस्ने मुना विकसँग सो होटलमा गएका थिए । गएराति खाना खाएर सुतेका बेस्ना शौचालयको ढोकामा लडेका थिए । बेहोस भएर ढलेका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।
घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी २३ वर्षीया मुना बिक र होटल सञ्चालक ४८ वर्षीया याम कुमारी उप्रेतीलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण