चलचित्र विकास बोर्डद्वारा बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान
काठमाडौँ । नेपाल सरकारअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, निर्माणका लागि इच्छुक कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन आग्रह गरिएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यो स्टुडियो सम्भवतः नेपालकै सबैभन्दा ठूलोआकारको -इनडोर सुटिङ स्टुडियो हुनेछ।निजी क्षेत्रसँग केही स्टुडियो भए पनि यस अघि चलचित्र क्षेत्रसँग आफ्नो स्टुडियो भने थिएन ।
यो परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढङ्गको सुटिङ स्थल प्रदान गर्नेछ।
बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन। यो पटक बोर्ड अध्यक्ष दिनेश डिसीको सक्रियतामा बोर्डबाट योजना अगाडि बढाउन ठोस पहल गरिएको हो। यो स्टुडियोको शिलान्यास २ महिनाभित्र नै गर्ने बोर्डको योजना रहेको छ ।
दिनेश डिसी अध्यक्ष भएपश्चात् प्रमुख तिन काम ६ महिनाभित्र सुरु गर्ने प्रतिबद्धता गरेका थिए । जसमध्ये पहिलो काम सुटिङ स्टुडियोको टेन्डर आह्वान भयो भने चलचित्र नीति पनि क्याबिनेटमा पुगिसकेको छ । बक्स अफिस बैशाख १ गतेबाट सुरु गर्ने डिसिको घोषणा छ ।
स्टुडियो निर्माणपछि स्वदेशी चलचित्रका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुनेछ। यस स्टुडियो निर्माणपछि नेपाली फिल्म उद्योगलाई गुणस्तरीय सुटिङ वातावरण प्रदान गर्ने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण