चौथो ‘स्पेस एन्ड डिजाइन एक्स्पो’ सम्पन्न, प्रमिषा र नली बने विजेता
काठमाडौँ । नली शाक्य र प्रमिषा लामिछाने चौथो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२५’को विजेता बनेका छन् । क्याफे थिमतर्फ प्रमिषा र थेसिस थिमतर्फ नली विजेता चुनिएका हुन् । एक्स्पोमा थेसिसतर्फ सानुमाया बानिया दोस्रो र दुर्गादेवी पौडेल तेस्रो घोषित हुँदा क्याफेतर्फ जिनिषा महर्जन दोस्रो, रोशन लामिछाने तेस्रो भए ।
इन्टेरियर डिजाइनर्स एसोसियसन नेपाल ( आइडिया नेपाल ) का पूर्व अध्यक्ष सानु राजा शिल्पकार, विन्द्रा कक्षयपति प्रधान तथा आइडिया नेपालका वर्तमान उप–अध्यक्ष उषा रायमाझी र महासचिव रामगोपाल तन्डुकार, गायक उदय सोताङ, समाजसेवी सुरबहादुर श्रेष्ठ लगायतले विजेतालाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा दर्शकहरूको रोजाइको भोट मार्फत थेसिस श्रेणीतर्फ निभाश श्रेष्ठ र क्याफे डिजाइनतर्फ प्राची ठाकुर पब्लिक चोईस अवार्ड जित्न सफल भए । ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२५’को जजमेन्टमा क्याफेतर्फ मुकेश महर्जन र रीजु महर्जन र थेसिसतर्फ रञ्जन प्रजापती र जरिना बज्राचार्य रहेका थिए ।
आईआईएफटी स्कूलअफ फेसन एन्ड इन्टेरियर डिजाइनका विद्यार्थीहरूले शनिबार थेसिस र इन्टेरियर डिजाइनका अवधारणा समेत प्रस्तुत गरेका थिए। ललितपुरको जावलाखेमा आयोजित चौथो ‘स्पेस एन्ड डिजाइन एक्सपो’मा आईआईएफटीका ४६ जना विद्यार्थीले इन्टेरियर डिजाइनको महत्त्व उजागर उजागर समेत गरेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण