बबई बस दुर्घटना अपडेट : भारतको कुम्भ मेला जाँदै गरेका ३६ जना घाइते, ५ जनाको अवस्था गम्भीर
आइतबार, २७ माघ २०८१, २० : ०२
सुर्खेत । सुर्खेतको बबईमा भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाइएको पनि उनले बताए । आइतबार बेलुका ५ः२० बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–५, को बबई स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको थियो ।
भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको उक्त बसमा ४१ जना सवार थिए । बस पुलबाट तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण