सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
मङ्गलबार, २९ माघ २०८१, ०८ : ५७
रौतहट । सर्लाही स्थित एक घरमा गएराति भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण ५ चौपाया मरेका छन् ।
स्थानीय रामनगर गाउँपालिका ३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विद्युतको तार सर्ट भई सोमबार राति साढे ७ बजे आगलागी हुँदा घर पूर्णरुपमा जली नष्ट भएको हो। सो क्रममा घर भित्र रहेको बाख्रा–५ वटा मरेका हुन् ।
आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजारसहित जम्मा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
घटनाको खबर लगत्तै प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमान्डमा १० जनाको टोली खटिगएर प्रहरी र स्थानीयवासीको सहयोगमा १ घण्टा भित्रै आगो नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण