दक्षिण कोरियामा शिक्षिकाद्वारा ८ वर्षीया बालिकाको हत्या

सोल । दक्षिण कोरियामा एक जना शिक्षिकाले आठ वर्षीया बालिकाको चक्कु हानेर हत्या गरेकी छन् । यो घटना दाएजेओनको एउटा प्राथमिक विद्यालयमा भएको हो ।
आफूले छात्रामाथि चक्कु प्रहार गरेको ४० वर्षीया संदिग्धले स्वीकार गरेको प्रहरीले बताएको छ । स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेतिर बालिका विद्यालयको भवनको दोस्रो तलामा घाइते अवस्थामा भेटिएकी थिइन् ।
अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको थियो । शिक्षिका पनि छात्राको पासमै थिइन् । दक्षिण कोरियाका कार्यकारी राष्ट्रपति चोइ साङ–मोकले यस घटनामाथि छानबिन गर्न निर्देशन दिएका छन् । भविष्यमा यस्ता घटनाहरू हुन नदिन आवश्यक उपायहरू लागू गर्न उनले अधिकारीहरूलाई आदेश दिएका छन् । यो घटनापछि मंगलबार विद्यालय बन्द भएको थियो ।
शिक्षिकाले डिसेम्बर ९ मा नै डिप्रेसनको कारण देखाउँदै ६ महिनाको बिदा मागेकी थिइन् । तर डाक्टरले काम गर्न फिट छिन् भनेर भनेपछि २० दिन बिदा बसेपछि उनी विद्यालय फर्किएको दाएजेओन शिक्षा कार्यालयले भनेको छ ।
मृतक विद्यार्थीसँग शिक्षिकाको कुनै सम्बन्ध नभएको अधिकारीहरूले बताएका छन् । चक्कु प्रहारको घटनाभन्दा केही दिन अगाडि नै शिक्षिकाले हिंस्रक व्यवहार देखाइरहेकी बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन