फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित छन् : वसुन्धरा भुसाल
काठमाडौँ । वरिष्ठ कलाकार वसुन्धरा भुसालले फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित हुनुपरेको बताएकी छिन् । मंगलबार काठमाडौँमा आयोजित ‘फिल्ममा महिला’ विषय एक कार्यक्रम बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरूलाई समस्या रहेको धारणा राखेकी हुन् ।
‘हिरोको तुलनामा हिरोइनहरूलाई त्यति पैसा छैन । महिलाहरूलाई वास्तवमा गाह्रो छ’, उनले भनिन्, ‘हलिउड, बलिउडमा नि त्यस्तै छ । महिला र पुरुषमा भिन्नता देखाउनुहुन्न । धेरै फिल्महरू पुरुष फिल्म बन्छन् तर त्यसो हुनुहुन्न । पुरुषहरूलाई जन्माउने हामी नारी हौ नि । नारीहरूले संवेदनात्मक रूपमा पुरुषको भन्दा बढी दर्शक आकर्षण गर्छन् । सामाजिक फिल्म बढी चलेका छन् ।’
युवा वर्ग र महिलाहरू फिल्म क्षेत्रमा आउन आग्रह गरेकी उनले महिलाहरू हरेक क्षेत्रमा आउनुपर्ने भन्दै विशेषगरी फिल्मको प्राविधिक क्षेत्रमा महिला क्यामेरा, सम्पादक कम भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण