भारतको जबलपुरमा मिनीबस दुर्घटना, कुम्भ मेलाबाट फर्किएका सात जनाको मृत्यु
मङ्गलबार, २९ माघ २०८१, २० : ४९
भारत । मध्यप्रदेशको जबलपुर जिल्लामा मंगलबार भएको सडक दुर्घटनामा महाकुम्भबाट फर्किएका आन्ध्र प्रदेशका सात श्रद्धालुको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मिनी बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । जिल्लाको सिहोरा थाना क्षेत्रको मोलाबर्गी गाउँ नजिक चार लेन राजमार्गमा उक्त दुर्घटना भएको हो ।
मिनी बसमा सवार सबै यात्रु आन्ध्र प्रदेशका बासिन्दा थिए र प्रयागराजमा भएको महाकुम्भमा सहभागी भएर घर फर्किरहेका थिए ।
जबलपुरबाट कटनीतर्फ जाँदै गरेको ट्रक चालकले नियन्त्रण गुमाएपछि गलत लेनमा पसेर मिनी बससँग ठोक्किएको हो ।
दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले क्रेनको सहायताले ट्रक हटाएर बसमा फसेका यात्रुलाई बाहिर निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण