ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने

काठमाडौँ । बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्यास उद्योगीका मागहरू सम्बोधनका लागि उद्योग मन्त्रालय, नेपाल आयल निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणबिच छलफल भएको छ ।
ग्यास उद्योगीका जायज माग सम्बोधन हुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए ।
जसका लागि बुधबार ११ बजे ग्यास उद्योगीसँग छलफल गरी उद्योगीसँग सहमति गर्ने उनले बताए ।
‘भोलि बिहान ११ बजे उद्योगीसँग बसेर मन्त्रालयमा छलफल गर्ने छौँ ,’ महानिर्देशक पौडेलले भने, ‘उक्त छलफलले ठोस निर्णय निकालेर व्यवसायीसँग सहमति गर्ने छौँ । सबै माग जायज छैनन् । उपभोक्तालाई मर्का पर्ने गरी सहमति गर्न मिल्दैन ।’
साथै अहिले ग्यास आयात र बिक्री नरोकिएको समेत बताए । यदि कसैले ग्यास लुकाएर अभाव सिर्जना गरे कारबाही हुने समेत उनले बताए ।
‘ग्यास लुकाएर अभाव देखाए हामी ग्यास जफत गर्छौँ,’ उनले भने,‘अहिले ग्यास आयात रोकिएको छैन । र रोक्न पनि दिने छैनौँ ।’
ग्यास उद्योगीहरूले बिहीबार पत्रकार सम्मेलनमार्फत १९ बुँदे मागसहित ग्यास आयात तथा बिक्री रोक्ने चेतावनी दिएका थिए । यसपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान
-
आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर (तस्बिरहरू)
-
चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कसको कति ?
-
आफ्नै नीति र प्रतिबद्धता कार्यान्वयनमा कर्णाली सरकार असफल
-
काठमाडौँ महानगरपालिकाले भन्यो– शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिनू
-
बार्सिलोनाका यी ब्राजिलियन स्टारलाई इटालीको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव आएको खुलासा