ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
काठमाडौँ । बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्यास उद्योगीका मागहरू सम्बोधनका लागि उद्योग मन्त्रालय, नेपाल आयल निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणबिच छलफल भएको छ ।
ग्यास उद्योगीका जायज माग सम्बोधन हुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए ।
जसका लागि बुधबार ११ बजे ग्यास उद्योगीसँग छलफल गरी उद्योगीसँग सहमति गर्ने उनले बताए ।
‘भोलि बिहान ११ बजे उद्योगीसँग बसेर मन्त्रालयमा छलफल गर्ने छौँ ,’ महानिर्देशक पौडेलले भने, ‘उक्त छलफलले ठोस निर्णय निकालेर व्यवसायीसँग सहमति गर्ने छौँ । सबै माग जायज छैनन् । उपभोक्तालाई मर्का पर्ने गरी सहमति गर्न मिल्दैन ।’
साथै अहिले ग्यास आयात र बिक्री नरोकिएको समेत बताए । यदि कसैले ग्यास लुकाएर अभाव सिर्जना गरे कारबाही हुने समेत उनले बताए ।
‘ग्यास लुकाएर अभाव देखाए हामी ग्यास जफत गर्छौँ,’ उनले भने,‘अहिले ग्यास आयात रोकिएको छैन । र रोक्न पनि दिने छैनौँ ।’
ग्यास उद्योगीहरूले बिहीबार पत्रकार सम्मेलनमार्फत १९ बुँदे मागसहित ग्यास आयात तथा बिक्री रोक्ने चेतावनी दिएका थिए । यसपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण