नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा विरोधका कार्यक्रम स्थगित
काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विरोधका कार्यक्रमहरू स्थगित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघबिच भएको छलफल सकारात्मक भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएका हुन् ।
मन्त्रालयका सहसचिव एवं नेपाल आयल निगम संचालक समितिका सदस्य शिवराम पोखरेलको संयोजकत्वमा यातायात व्यवस्था विभागका प्रतिनिधि, निगमका दुईजना प्रतिनिधि, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका दुई जना प्रतिनिधि र काठमाडौँ विश्वविद्यालयको सम्बन्धित विषय विज्ञ सदस्य सम्मिलित सात सदस्यीय अध्ययन कार्यदललाई विभिन्न कार्यक्षेत्रगत सर्तहरू दिएर उक्त मागहरुका सम्बन्धमा रायरसुझाव सहितको प्रतिवेदन १५ दिनभित्र निगम समक्ष पेस गर्न लगाउने सहमति भएको छ । यस्तै प्रतिवेदन प्राप्त भएपश्चात यथाशिघ्र कार्यान्वयनमा लैजाने र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गर्ने सहमति भएको जनाइएको छ ।
महासंघले फागुन १ गतेदेखि नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना र प्रदर्शन गर्ने यसअघि घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण