शंखरापुर दुर्घटना : २७ जना अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् । बुधवार मध्यान्ह चाबहिलस्थित एसएस एकेडेमीको बा.२ ख ७०५८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये २७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दुर्घटनामा परेका २७ जना उपचारपछि घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
एसएस एकेडेमीमा अध्ययनरत एक जना बालिकाको अवस्था गम्भीर छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको बोहराले जानकारी दिए । अन्य १५ नजना घाइतेहरूको पिपुल्स लाइफ केयर अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल कलेजमा र टिचिङ अस्पतालमा उपचार हुँदै छ ।
स्कुल व्यवस्थापन, शिक्षकहरू र विद्यार्थी सवार बस नगरकोटमा पिककिन गएर फर्किँदा दुर्घटनामा परेको हो । सुन्दरीमाई यातायात सेवाको सो बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बस सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय मनिष माझीले चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण