म्यानमारको ‘स्क्याम सेन्टर’ बाट सयौँ विदेशीलाई गरियो रिहा
यङ्गुन । म्यानमारको कारेन राज्यमा साइबर ठगी चलाइरहेका ‘स्क्याम सेन्टर’ हरूबाट सयौँ विदेशीलाई रिहा गरिएको छ । त्यहाँको जनजातीय सशस्त्र समूहले त्यस्ता स्क्याम सेन्टरमा जबर्जस्ती काम गर्न बाध्य २० देशका २५० भनदा धेरै नागरिकलाई रिहा गरेका हुन् । यिनीहरू सबैलाई थाइल्यान्ड ल्याइ पुर्याइएको बताइएको छ । यी कामदारहरूमध्ये आधाभन्दा धेरै अफ्रिकी वा एसियाली मूलको भएको बताइएको छ ।
यी मानिसहरू मानव तस्करीबाट पीडित थिए कि थिएन भनेर खोजबिन भइरहेको बताइएको छ । गएको हप्ता थाई प्रधानमन्त्री पेतोङतार्न शिनावात्राले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेकी थिइन् । यस भेटमा उनले थाइल्यान्ड र म्यानमारको सीमामा मौलाइरहेका स्क्याम सेन्टरहरू बन्द गर्ने वाचा गरेकी थिइन् । उनको सरकारले सीमावर्ती क्षेत्रमा बिजुली र इन्धनमा पहुँच रोकेको छ ।
सञ्चालकहरूले त्यस्ता केन्द्र चलाउन नसकुन् भनेर बैंकिङ र भिसा नियम पनि कसिलो पारिएको छ । गएको दुई वर्षदेखि थाइल्यान्डमा विपक्षी दलका सांसदहरूले यस्तो खालको कारबाहीको माग गरिरहेका थिए ।
राम्रो तलबको लोभ देखाएर विदेशीहरूलाई यस्ता घोटाला केन्द्रमा ल्याएर बन्दी बनाएर काम गराइएका घटनाहरू कयौँ देखिएका छन् । यस्ता केन्द्रमा विशेष गरी साइबर ठगीको धन्दा चलाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण