पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’
शुक्रबार, ०२ फागुन २०८१, ०९ : ४३
इलाम । आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ ।
१० दिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
महोत्सवमा खेलकुद प्रतियोगिता,सांस्कृतिक कार्यक्रमका साथै घरेलु उत्पादनको प्रदर्शनी पनि हुनेछ । सहज रुपमा ऐना पोखरी पुग्न चुलाचुली गाउँपालिकाले मोटर सञ्चालन हुने सडक निर्माण गरेको छ । चुलाचुली पालिकाले पोखरी आसपासको क्षेत्रमा प्रतीक्षालयलगायत विविध भौतिक संरचना पनि निर्माण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा पवित्रा थापासहित ५ जना निर्वाचित
-
समूह 'डी'को निर्णायक भिडन्त सुरु
-
सुदूरपश्चिमबाट रास्वपा केन्द्रीय सदस्यमा केपी खनालसहित ५ जना निर्वाचित (मतपरिणामसहित)
-
को–को निर्वाचित भए रास्वपाको केन्द्रीय सदस्य ? (मतपरिणामसहित)
-
पदाधिकारीमा सहमति जुटाउने रातभरको प्रयास असफल, निर्वाचन प्रक्रिया अघि बढाउने तयारी
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण