भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित
रौतहट । रौतहट र बाराको सिमानासँग जोडिएको भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला, झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन् ।
भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट, मौलापुर नगरपालिका, पिपरिया गाउँका २५ वर्षीय लक्ष्मी नारायण साह शुक्रबार बिहान भारतीय प्रहरीको नियन्त्रणबाट भागेका हुन् ।
बिहान ६ बजे शौच गर्ने बहानामा थाना छेउको चौरमा लागिएको अवस्थामा साह भागेको भारतीय प्रहरीले जनाएको छ ।
झरौखर थानाबाट नेपाली सिमाना दशगजा बढीमा ५०० मिटरको दुरीमा पर्छ ।
साह भागेपछि लगत्तै थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ । मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार विनाहथकडी शौच गराउन लगेका चौकीदार राम औतारलाई तत्काल निलम्बन गरी रक्सौलका डीएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
बीआर १ पीबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा लुकाइछिपाइ बाराबाट भारततर्फ लागिरहेको अवस्थामा बिहीबार झरौखर चोकस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण