भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
शुक्रबार, ०२ फागुन २०८१, १५ : २२
काठमाडौँ । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया केकई मग्रराती मगर रहेकी छन् ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ३ कोल्पाकोटस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले सोही नगरपालिका वडा नम्बर ५ पिखेल बस्ने पैदलयात्री उनलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते उनको काठमाडौँ मेडिकन अस्पताल दुवाकोट मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
दुर्घटना गराउने चालक ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण