नवजन्म सुधार केन्द्र मृत्यु प्रकरण : मुर्गा नबन्दा सामूहिक कुटपिटले मण्डलको मृत्यु
वीरगन्ज । बाराको नवजन्म सुधार केन्द्रमा १५ दिन अगाडि भर्ना भएका प्रदीपप्रसाद मण्डलले मुर्गा बन्न नमान्दा सामूहिक कुटपिटबाट मृत्यु भएको खुलासा भएको छ । बारा प्रहरीले गरेको सोधपुछमा पक्राउ परेकाहरूले मृतक मण्डलले मुर्गा बन्न नमान्दा भएको सामूहिक कुटपिटबाट मृत्यु भएको बयान दिएका छन् ।
प्रहरी समक्ष उनीहरूले बयानमा भनेका छन्, ‘अनुशासन भङ्ग गरेका थिए, त्यसपछि उनलाई शारीरिक सजाय दिने तय भयो । तर उनले त्यो गर्न मानेनन्, त्यसपछि सबै रिसाउँदै कुट्न थाले, जसका कारण उनको मृत्यु भयो ।’
बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार मृतक मण्डललाई बिहीबार राती अनुशासन भङ्ग गरेको भन्दै सजाय दिन खोज्दा उनले नमानेपछि भएको कुटपिटका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनले भने, ‘मुक्काले अनुहारमा कुटपिट गरिएको यथेष्ट प्रमाण नै छ, जसमा मध्यरातमा कोठाभित्र कुटपिट भएको देखिन्छ । शारीरिक यातना दिन मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।’
उनीहरूले त्यो सजायलाई आफ्नो भाषामा ‘कन्सिक्वेन्स’ पनि भन्दा रहेछन् । यद्यपि, यसको नेपाली अर्थ भने परिणाम हो । तर उनीहरूले यसलाई बेग्लै कोट भाषाको रूपमा प्रयोग गर्ने गरेको पाइएको प्रहरी प्रमुख तामाङ बताउँछन् ।
बारा प्रहरीका अनुसार मण्डललाई दुई साताअघि मात्रै परिवारले नै पुनः स्थापना केन्द्रमा भर्ना गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घाइते मण्डललाई केन्द्रका परामर्शदाताले सुरुमा उपचारका लागि कलैया सिटी अस्पताल लगेका थिए ।
तर त्यहाँ उपचार नहुने भएपछि मण्डललाई कलैया प्रादेशिक अस्पताल लगिएको उनीहरूले प्रहरीसँगको बयानमा भनेका छन् । यही पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका थिए । पक्राउ परेका ७ जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण