अति प्रशोधित खाना स्वास्थ्यका लागि खतरा कि आधुनिक जीवनशैलीको अपरिहार्यता ?
हामीले खाने धेरै प्रकारका खाना प्रशोधन (प्रोसेजिङ) गरिएको हुन्छ । अल्ट्रा–प्रोसेस्ड (अति प्रशोधित) खानाले प्राकृतिक स्वरूप गुमाएको हुन्छ । यस्तो खानामा दीर्घकालीन रूपमा स्वास्थ्यलाई हानि पुर्याउने रासायनिक तत्त्वहरू समेत थपिएको हुन्छ । सामान्यतः खानाको स्वाद बढाउन र विभिन्न रङ दिनका लागि केमिकलहरूको प्रयोग गरिएको हुन्छ ।
खानालाई प्रशोधनका आधारमा चार प्रकारले वर्गीकरण गर्न सकिन्छ :
१) न्यूनतम प्रशोधित खाना
यी खाना प्राकृतिक रूपका उपलब्ध हुन्छन् । यिनमा कुनै पनि कृत्रिम तत्त्व थपिँदैन । जस्तो ः ताजा फलफूल, सागसब्जी, दूध, अन्नहरू, मासु, माछा, भटमास, आलस ।
२) प्रोसेस्ड कुलिनरी पदार्थहरू
यसमा खानालाई पकाउन वा तयार गर्न आवश्यक पर्ने प्राकृतिक पदार्थहरू पर्छन् । जस्तो ः तेल, नुन, मह, घिउ, अदुवा, बेसार, धनियाँ आदि ।
३) प्रोसेस्ड खाना
यी खानाहरू सामान्यतः केही मात्रामा प्रशोधन गरिएका हुन्छन्, जसले तिनीहरूको स्वाद, बनावट वा म्याद बढाउँछ । जस्तो ः अचार, चिउरा, दही, पनिर, तिलको लड्डु, सुकुटी, गहुँको पिठो, घिउमा तारेका परिकार आदि ।
४) अल्ट्रा–प्रोसेस्ड खाना
अल्ट्रा–प्रोसेस्ड अर्थात् अत्यधिक प्रशोधन गरिएका खानामा कृत्रिम रसायन मिसाइएको मात्रै हुँदैन स्वस्थकर तत्त्वहरू हटाइएको हुन्छ । यस्ता खाना बजारमा सहज रूपमा उपलब्ध हुन्छन् । जस्तो ः चाउचाउ, चिप्स, कार्बाेनेटेड पेय पदार्थ (सोडा, कोला), प्याकेट बन्द बिस्कुट, क्यान्डी, ससेज, फ्रेन्च फ्राइज, ब्रेड स्प्रेड, तयारी नुडल्स, चकलेट आदि ।
अति प्रशोधित खानाको असर
अति प्रशोधित खानाको अत्यधिक सेवनले मोटोपन, मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर जस्ता रोग बढाउने प्रमाण भेटिएका छन् । यी खानामा हुने उच्च मात्राको चिनी, नुन, बोसो, कृत्रिम फ्लेबर आदिले शरीरलाई हानि पुर्याउने गर्छ ।
अल्ट्रा–प्रोसेस्ड (अति प्रशोधित) खानाले प्राकृतिक स्वरूप गुमाएको हुन्छ । यस्तो खानामा दीर्घकालीन रूपमा स्वास्थ्यलाई हानि पुर्याउने रासायनिक तत्त्वहरू समेत थपिएको हुन्छ ।
यस्ता खानाहरूमा चिनी र प्रशोधित कार्बाेहाइड्रेट धेरै हुने भएकाले शरीरमा बोसो जम्मा हुन्छ । जसले गर्दा मोटोपन र मधुमेहको जोखिम बढ्छ । यस्तै, यस्ता खाना अत्यधिक नुनयुक्त हुन्छन्, जसले उच्च रक्तचाप र मुटुरोग बढाउँछ ।
केही अति प्रशोधित खानामा हुने रसायनले क्यान्सरको समेत जोखिम बढाउँछन् । यस्ता खानामा फाइबर कम हुने हुँदा अपच, कब्जियत लगायत पेटका समस्या उत्पन्न हुन्छन् ।
योसँगै अत्यधिक प्रशोधित खानाले डिप्रेसन र चिन्ता बढाउन सक्ने अनुसन्धानहरूले देखाएका छन् ।
नियन्त्रणका उपाय
धेरै देशले अति प्रशोधित खानाको खपत घटाउन विभिन्न उपाय अपनाएका छन् । चिली, मेक्सिको, फ्रान्स लगायत देशमा यस्ता खानाको प्याकेटमा ‘स्वास्थ्य चेतावनी लेबल’ टाँसिएको हुन्छ ।
ब्राजिलले भने स्थानीय र प्राकृतिक खानाको प्रवर्धन गर्दै अति प्रशोधित खानालाई निरुत्साहित गर्ने नीति लिएको छ । युरोपेली देशहरूका विद्यालयमा त ‘जंक फुड’ बेच्न प्रतिबन्ध लगाइएको छ ।
अति प्रशोधित खानाको हकमा हालसम्म नेपालले कुनै ठोस नीति लिएको छैन । त्यसैले स्वास्थ्य अभियानहरू आवश्यक छन् ।
बालबालिका आकर्षित
रंगीन प्याकेट र आकर्षक विज्ञापनका कारण अति प्रशोधित खानातर्फ बालबालिकाको आकर्षण बढेको देखिन्छ ।
त्यसैले राज्यले नै यस्ता आक्रामक विज्ञापनलाई नियन्त्रण गर्न जरुरी छ । अति प्र्रशोधित खानाको असरबारे बुझाउन सरकारी तथा गैरसरकारी संस्थाहरूले सचेतना कार्यक्रम गर्नुपर्छ । अभिभावकलाई घरमै स्वस्थकर खाना बनाउन प्रेरित गर्न सकिन्छ । यस्तै, बालबालिकालाई विद्यालयमा पोषण शिक्षा दिइनुपर्छ ।
राज्यले जंक फुडमा उच्च कर लगाउने र स्वस्थ खानालाई सस्तो बनाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण