विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
आइतबार, ०४ फागुन २०८१, १८ : २६

सुर्खेत । बाजुराबाट विद्यार्थी बोकेर पोखरा भ्रमणमा जान लागेको बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–४ आमखोलीका दुर्घटना भएको छ ।
आइतबार बेलुका ५ः३० बजेतिर सु.प्र ०१००१ ख ३०५४ नम्बरको बस ब्रेक फेल भएर सडकबाट कम्तीमा १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
दुर्घटनामा ६ जना विद्यार्थीहरू घाइते भएको पनि उनले बताए । घाइतेको उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा पठाइएको विश्वकर्माले बताए ।
बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बसले बाजुराको भानुदय माध्यामिक विद्यालयका विद्यार्थीलाई भ्रमणका लागि पोखरा लिन लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर