विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
आइतबार, ०४ फागुन २०८१, १८ : २६
सुर्खेत । बाजुराबाट विद्यार्थी बोकेर पोखरा भ्रमणमा जान लागेको बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–४ आमखोलीका दुर्घटना भएको छ ।
आइतबार बेलुका ५ः३० बजेतिर सु.प्र ०१००१ ख ३०५४ नम्बरको बस ब्रेक फेल भएर सडकबाट कम्तीमा १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
दुर्घटनामा ६ जना विद्यार्थीहरू घाइते भएको पनि उनले बताए । घाइतेको उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा पठाइएको विश्वकर्माले बताए ।
बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बसले बाजुराको भानुदय माध्यामिक विद्यालयका विद्यार्थीलाई भ्रमणका लागि पोखरा लिन लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण