सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना
मङ्गलबार, ०६ फागुन २०८१, २२ : ४६

बुटवल । सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङकाे बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाकाे घुम्तीमा दुर्घटना भएको छ ।
कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनापछि घटनास्थलमा पुगेर प्रहरीले यात्रुहरूको उद्दार थालेको छ । अहिलेसम्म ७ जना घाइते यात्रुलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ ।
इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरकाे प्रहरी टाेली घटनास्थलमा खटिएको खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने