सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना
मङ्गलबार, ०६ फागुन २०८१, २२ : ४६
बुटवल । सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङकाे बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाकाे घुम्तीमा दुर्घटना भएको छ ।
कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनापछि घटनास्थलमा पुगेर प्रहरीले यात्रुहरूको उद्दार थालेको छ । अहिलेसम्म ७ जना घाइते यात्रुलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ ।
इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरकाे प्रहरी टाेली घटनास्थलमा खटिएको खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण