दाङ दुर्घटना अपडेट : घाइते तीन जनालाई थप उपचारको लागि नेपालगन्ज लगियो
बुधबार, ०७ फागुन २०८१, ०९ : ३४
बुटवल । दाङमा बस दुर्घटनामा परेर घाइते भएका तीन जनालाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । बाँकी १० जना सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङको बबई गाउँपालिका–२ तल्लो ट्वाङ्खोलाको घुम्तीमा गएराति दुर्घटना भएको थियो । कर्णाली प्रदेश ०२–००१ ख –०७०१ नम्बरको बस दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेको प्रहरी टोलीले घाईतेको उद्धार गरेको खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए । उनले कच्ची सडक भएकाले बसले नियन्त्रण गुमाउन पुग्दा दुर्घटना भएको देखिएको बताए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि तीन जनालाई रिफर गरिएको र बाँकी डिस्चार्ज भएको प्रहरीले जनाएको छ । बसमा ५५ जना यात्रु सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण