अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुन्छ : नैनसिंह महर
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुने धारणा राखेका छन्। नेपाल शिक्षक संघ ललितपुरद्वारा आयोजित २४औँ प्रतिनिधि सभा स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले उक्ता कुरा बताएका हुन्।
अहिलेसम्म अधिकारको मात्र कुरा गरिएकोमा त्यो सँगसँगै कर्तव्यनिष्ठ हुनुपर्नेमा उनको जोड छ। '२००७ सालदेखि आजसम्म अधिकारका बारेमा ठुला बहस भए। आन्दोलन भए। हामीले संविधान बनायौँ। पार्टीका घोषणा पत्र बनायौँ। थुप्रै अधिकार स्थापित भए। अधिकारसँगै कर्तव्यको पालनाले मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने कुरालाई ध्यान दिएर कर्तव्य पालनातर्फ लागेनौँ,' उनले भने।
यस्ता खाले कमजोरीका कारण प्रजातन्त्रले के दियो भन्ने प्रश्न उठ्ने गरेको उनको टिप्पणी छ। प्रधानमन्त्रीदेखि श्रमिकसम्म कर्तव्य पालनामा चुक्दा समस्या देखिएको उनको भनाइ छ। अधिकार र कर्तव्यको पालनाले मात्र लोकतन्त्र बलियो पार्दै जनताका सपना साकार पार्न सकिनेमा उनले जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण