च्याम्पियन्स ट्रफी : अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित
शनिबार, १० फागुन २०८१, ०८ : ४६
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटमा अफगानिस्तान दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित भएको छ । शुक्रबार कराचीमा भएको खेलमा दक्षिण अफ्रिकाले राएन रिकेलटनको शतक मद्दतमा अफगानिस्तानलाई १०७ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर ३१५ रन बनाएको थियो । जवाफमा ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३।३ ओभरमा २०८ रनमै अलआउट भयो ।
दक्षिण अफ्रिकाका लागि राएनले सर्वाधिक १०३ रन बनाए । यस्तै कप्तान तेम्बा बाभुवा, रसी भान डेस डुसान र अइडन मार्क्रमले पनि अर्धशतक प्रहार गरे । अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ९० रन बनाएपनि अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण