च्याम्पियन्स ट्रफी क्रिकेट
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
आइतबार, ११ फागुन २०८१, १५ : २४
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको नवौँ संस्करणमा हाल दुई चिरप्रतिद्वन्द्वी भारत पाकिस्तानबिचको खेल जारी छ । भारत र पाकिस्तानबिचको खेल संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको छ ।
उक्त खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दैछ । उक्त खेलमा टस हारेसँगै भारतीय टोलीको नाममा एउटा नचाहेको कीर्तिमान जोडिन पुगेको छ । यो खेलसँग भारतीय टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार सबैभन्दा बढीपटक टस हार्ने टोली बनेको छ ।
भारतीय टोलीले लगातार १२ औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस हारेको हो । यसअघि यो कीर्तिमान नेदरल्यान्ड्सको नामसँग जोडिएको थियो । नेदरल्यान्ड्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ११ पटक टस हारेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण