‘कुस्ती’को छायाङ्कन सुरु
काठमाडौँ । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म‘कुस्ती’को छायाङ्कन सुरु भएको छ । मंगलबार मातातीर्थमा मुहुर्त पुजा गर्दै फिल्मकाे छायाँकन सुरु गरिएकाे हाे ।
फिल्मका लागि पहिलाे सट कलाकार धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरले दिएकाे लेखक तथा निर्देशक अनिल योञ्जनले बताए ।
‘सहरको कथा भएकाले हामीले काठमाडौँ आसपासमा छायाङ्कन गर्ने छौँ । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको फिल्ममा उनीहरु एक अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, निर्देशक योञ्जनले भने ।
उनले काठमाडौँ आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायाङ्कन सुरु गरेको जानकारी दिए । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेनछ ।
आफ्नो पहिलो फिल्म निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताए । उनले भने,‘कलाकारिता बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गरेको छु । एउटा राम्रो कथा र राम्रो टीम पाएकाले म निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पुरा भएर पर्दामा आउदै छ ।’
फिल्ममा उमङग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् ।
काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
-
नागढुङ्गामा ६ टनभन्दा बढी अवैध कोइलासहित दुई जना पक्राउ
-
२५० करोड भारु माग्दै कंगना रनौतको ‘क्वीन २’ माथि मुद्दा
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण