अस्ट्रेलियन स्पिनर म्याथ्यू कहनेम्यानले पाए आईसीसीबाट सफाइ
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको नवौँ संस्करण जारी रहँदा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अस्ट्रेलियालाई केही राहत दिएको छ ।
आईसीसीले अस्ट्रेलियाका बायाँहाते स्पिनर म्याथ्यू कुहनेम्यान अन्तर्राष्ट्रिय प्रतियोगितामा बलिङ गर्ने अनुमति दिएको छ ।
२८ वर्षीय म्याथ्यूको बलिङ शैली नियम विपरितको भएको भन्दै आईसीसीमा उजुरी परेको थियो । सोही विषयमा आईसीसीको प्राविधिक समितिले छानबिन गरिरहेको थियो । अहिले आएर आईसीसीले म्याथ्यूको बलिङ एक्सनमा कुनै कमजोरी नरहेको निक्र्यौल निकालेको छ ।
त्यसैले अब उनले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो बलिङलाई निरन्तरता दिन पाउने छन् । च्याम्पियन्स ट्रफीअघि अस्ट्रेलियाको श्रीलंका भ्रमणका क्रममा म्याथ्यूको बलिङ एक्सनलाई लिएर आईसीसीमा उजुरी परेको थियो । त्यतिबेला अस्ट्रेलिया र श्रीलंकाबिच टेस्ट शृंखला खेलिएको थियो ।
श्रीलंकाविरुद्धको दुई टेस्टको शृंखलामा अस्ट्रेलियालाई जित दिलाउन म्याथ्यूको योगदान महत्वपूर्ण रहेको थियो । शृंखलामा उनले कुल १६ विकेट लिएका थिए । आईसीसीमा उजुरी परेपछि उनले अनुशन्धानका क्रममा एक घण्टाभन्दा लामो समय बायोमेकानिकल परीक्षणमा सहभागी हुनु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण