भारतीय टोलीले विशेष सुविधा पाएको विभिन्न राष्ट्रका क्रिकेटरको आरोप
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा भारतीय टोलीले आफ्नो सम्पूर्ण खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्दैछ । अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै पाकिस्तानी भूमिमा नखेल्ने अडान लिएपछि भारतको सबै खेल दुबईमा सारिएको हो ।
भारतीय टोली लगातार दुई खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा पनि पुगिसकेको छ । ‘समूह ए’ बाट भारतीय टोलीसँग न्युजिल्यान्ड पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
अहिले आएर, दक्षिण अफ्रिकी टोलीका प्रभावशाली खेलाडी राशी भान डर डुसेन र अस्ट्रेलियन टोलीका अलराउण्डर प्याट कमिन्सले एउटै स्टेडियममा खेल्ने अवसर पाउँदा भारतीय टोलीलाई फाइदा पुगेको आरोप लगाएका छन् ।
उनीहरूले जारी च्याम्पियन्स ट्रफीमा भारतले मात्र एउटै स्टेडियममा खेल्ने सुविधा पाएको आरोप लगाएका हुन् । ‘भारतीय टोली भाग्यमानी छ । एउटै स्टेडियममा खेल्ने अवसर पाएको छ । एउटै होटेलमा बस्ने सुविधा पाएको छ,’ डुसेन र कमिन्सले भनेका छन् ।
डुसेन र कमिन्सले भारतबाहेक अन्य टोलीले भने फरक स्टेडियम र फरक चरित्र बोकेका पिचमा खेल्नु परेको गुनासो पनि गरेका छन् । ‘भारतले भने सेमिफाइनल पनि एउटै स्टेडियममा खेल्नेछ । रोहित शर्माको टोली दुबईको स्टेडियममा अभ्यस्त भइसकेको छ,’ उनीहरूले भनेका छन् ।
पाकिस्तानका पूर्व खेलाडी अकिब जावेद, इङ्ल्यान्डका पूर्व क्रिकेटर नासिर हुसैन र इङ्गल्यान्डकै पूर्व खेलाडी माइकल एथर्टनले पनि भारतीय टोलीमाथि यस्तै आरोप लगाएका छन् । उनीहरूले पनि जारी च्याम्पियन्स ट्रफीमा भारतीय टोलीले विशेष सुविधा पाएको टिप्पणी गरेका छन् ।
‘यदि कुनै टोलीले एउटै वातावरण अभ्यस्त हुन पाउँछ । एउटै होटलमा बस्न पाउँछ । एउटै ठाउँमा प्रशिक्षणको अवसर पाउँछ । निरन्तर एउटै पिचमा खेल्ने सुविधा पाउँछ भने त्यो पक्कै पनि विशेष सुविधा हो । यस्तोमा अन्य टोलीमाथि अन्न्याय भएको हुन्छ,’ डुसेनले भनेका छन् ।
जारी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकी टोलीले आफ्नो पहिलो र तेस्रो खेल कराँचीमा तथा दोस्रो खेल रावलपिण्डीमा खेल्नुपरेको छ । यद्यपि, रावलपिण्डीमा हुने भनिएको दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल वर्षाका कारण रद्द भएको थियो । यसले दुवै टोलीलाई घाटा लागेको थियो ।
‘एउटै प्रतियोगितामा सहभागी अन्य टोली भने पहिलो खेल खेलेर दोस्रो खेलका लागि लामो यात्रा गरी अर्को सहरमा वा छुट्टै राष्ट्रमा पुग्नु पर्ने । अनि, एउटा टोली (भारत)ले भने प्रतियोगिता अवधिभर कतै यात्रा गर्नु नपर्ने । एउटै स्टेडियममा खेल्ने सुविधा पाउने । यो कुनै टोलीमाथि गरिएको विशेष कृपा नै हो,’ डुसेनले भनेका छन् ।
भारतकै समूहमा रहेको आयोजकले आफ्नो पहिलो खेल कराँचीमा खेलेको थियो भने दोस्रो खेल खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नु परेको थियो । पाकिस्तानी टोलीको तेस्रो खेल भने रावलपिण्डी स्टेडियममा परेको थियो ।
सोही समूहमा रहेको न्युजिल्यान्डले आफ्नो पहिलो खेल कराँचीमा खेल्नु परेको थियो भने दोस्रो खेल खेल्न रावलपिण्डी पुग्नु परेको थियो । न्युजिल्यान्डले अब भारतविरुद्ध आफ्नो तेस्रो खेल खेल्न यूएई पुग्नुपर्नेछ ।
यसैगरी, सोही समूहमा रहेको बङ्गलादेशले पनि आफ्नो पहिलो खेल यूएईमा तथा दोस्रो र तेस्रो खेल रावलपिण्डीमा खेल्नु परेको थियो । यद्यपि, रावलपिण्डीमा हुने भनिएको बङ्गलादेश र पाकिस्तानबिचको खेल वर्षाका कारण रद्द भएको थियो । समूह ‘बी’ मा रहेका टोलीको अवस्था पनि यस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण