१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
आज मिति २०८१ साल फागुन १७ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजेको १० समाचार लिएर हाजिर भएका छौँ–
- ह्वाइट हाउसमा चर्काचर्की
शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबिच भएको भेट चर्को बहसमा परिणत भयो। ट्रम्पले जेलेन्स्कीले शान्ति नचाहेको र यदि उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने स्पष्ट गरे । ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे।
- नेपाल बार निर्वाचन
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आगामी चैत २३ गते निर्वाचन मिति तय भइसकेको छ । निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावलीसमेत सार्वजनिक भइसकेको छ । फागुन १८ गतेसम्म दाबी–विरोधको समय तोकिएकोमा २० गते अन्तिम नामावली सार्वजनिक हुनेछ भने फागुन २२ गते उम्मेदवारी दरखास्त आह्वान गरिएको छ ।
- बालेनको विरोध
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन साहको विरोध गरेकी छन् । महानगरको प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयलाई लिएर उपप्रमुख डंगोलले प्रमुख साहप्रति असन्तुष्टि जनाएकी हुन् ।
- राजनीतिक दल विभाजन
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ । शुक्रबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको बताएपछि यतिबेला राजनीतिक वृत्तमा तरंग पैदा भएको हो ।
- भूमीसम्बन्धी अध्यादेश
६ वटा अध्यादेश पास गराउन फागुन २१ गते सरकारले जोडदार तयारीका साथ संसद्मा पेस गर्दै छ । त्यसका लागि सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले मधेस केन्द्रित दललाई प्रयास गरिरहेका छन् ।
- हास्यव्यङ्ग्य बहस
गायक कुमा सागरलाई गिज्याएको आरोपमा चारजना (कमेडियन : सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बा)विरुद्ध यही फागुन ५ गते काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको छ । आफूहरूको भाषा, लबज र संस्कृतिमाथि आँच पुर्याएको भन्दै नेवार समुदायका १५ व्यक्तिले उजुरी दिएका छन् ।
- माओवादी अभियान
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानमा व्यस्त छ । झापाको कचनकवलबाट फागुन १२ गतेदेखि सुरु भएको अभियान यतिबेला मधेस प्रदेशमा प्रवेश गरेको छ ।
- रिंकु सदा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- फोटोफिचर
सामाखुसीमा जम्मा भएर आएका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू दरबारमार्ग पुगेका छन् । उनीहरुले नारायणहिटीमा श्रीमान् गम्भीर नेपाली गाएका थिए ।
विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि शैक्षिक मेला आयोजना गरेको छ । राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि सुरु भएको मेला शनिबारसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता नै बनेको छ ।
- शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण