रिंकु सदा हत्याको दोषीलाई कारबाही नगरे आन्दोलन
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले रिंकु सदा हत्याको छानबिन गरी दोषीमाथि कारबाहीका लागि माग गरेका छन् । सरकारले पीडितलाई न्याय दिलाउन चासो नदेखाए पार्टीले कडा आन्दोलन गर्ने चेतावनीसमेत उनले दिएका हुन् ।
अध्यक्ष महतोले आज एक विज्ञप्ति जारी गरी सिरहा नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु भएको यतिका दिन बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको उल्लेख गरेका छन् ।
अपराधीहरूलाई संरक्षण दिने, प्रमाण नष्ट गर्ने वा घटनालाई राजनीतिक संरक्षण दिने जुनसुकै प्रयासलाई आफ्नो पार्टीले कडा विरोध गरेको भन्दै अध्यक्ष महतोले पीडित परिवारलाई शीघ्र न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न माग गरे ।
उनले भनेका छन्, ‘आज विश्व नागरिक सुरक्षा दिवस पनि हो तर नेपालका नागरिक आफूलाई सुरक्षित महसुस गर्न सकिरहेको छैन ।’ नेपालमा पछिल्ला दिनहरूमा धाक–धम्की, गुण्डागर्दी, हत्या, हिंसा, बलात्कार र अन्य जघन्य अपराधहरूमा वृद्धि भइरहेको भन्दै उनले कानुनी राज्यको अस्तित्वमाथि गम्भीर प्रश्न उठाएको बताए ।
यदि यस्तो अपराधलाई रोकथाम गर्न कडा नीति अवलम्बन गरिएन भने नागरिकको सुरक्षामा गम्भीर संकट उत्पन्न हुने बताउँदै उनले न्यायका लागि संघर्षरत सबै नागरिक, अधिकारकर्मी र न्यायप्रेमी संघसंस्थासँग ऐक्यबद्धता जनाउँदै, रिंकु सदा हत्या काण्ड लगायतको अन्यायविरुद्ध सशक्त दबाब सिर्जना गर्न अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण