उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले सिकायो : उपमहासचिव ज्ञवाली

मोरङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई कुनै मुलुकविरुद्ध प्रयोग हुन दिन नहुने बताएका छन् ।
शनिबार विराटनगरमा एमाले मोरङको १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आफूहरू चीन र भारत दुवै छिमेकीसँग समान सम्बन्ध राख्ने कुरामा स्पष्ट रहेको बताउँदै नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन नहुने बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गरे । युक्रेन विवाद र शक्ति राष्ट्रहरू बिचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उनले बताए ।
अधिवेशनलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले माथि चौतर्फी आक्रमण भइरहेकाले आन्तरिक प्रतिस्पर्धा भन्दा पनि एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे । उनले एमालेको स्थापनाकाल देखि नै महत्त्वपूर्ण जिल्ला भएकाले मोरङले सर्वसम्मत नेतृत्व चयन गरेर अन्यका लागि प्रेरणाको स्रोत बन्नुपर्ने उल्लेख गरे ।
तीन दिन सम्म आयोजना हुने सो अधिवेशनमा ९ सय १४ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीको आज पनि प्रदर्शन
-
नेप्सेमा सामान्य गिरावट, कारोबारको उत्साह पनि टिकेन
-
मेलिना र दिनेशको सहकायको ‘नाम के हो नानी’ सार्वजनिक
-
के छ संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधिमा ?
-
नक्कली ओम शर्मा बनेर ओम उपाध्यायको ठगी धन्दा, प्रहरीलाई ध्यानाकर्षण
-
सगरमाथा संवादको निष्कर्ष कार्यान्वयन गर्न कार्ययोजना तयार : वनमन्त्री