माओवादी अभियान : सर्लाहीदेखि पश्चिमका समय तालिका हेरफेर, कहाँ कहिले ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को समय तालिका हेरफेर गरिएको छ । माओवादीले शनिबार मातहतका कमिटीमा सर्कुलर पठाउँदै सर्लाहीदेखि पश्चिमका कार्यक्रम समय हेरफेर भएको जानकारी दिएको एक नेताले रातोपाटीलाई बताए ।
समयको चापका कारण सर्लाहीदेखि पश्चिमका कार्यक्रम १/१ दिन सार्नेगरी कार्यतालिका हेरफेर भएको ती नेताले जानकारी दिए । उनका अनुसार सर्लाही जिल्लामा यसअघि फागुन २१ गते हुने भनिएको अभियानको कार्यक्रम अब २२ गते हुने भएको छ ।
यस्तै अब रौतहटमा २३, बारामा २४, पर्सामा २५, चितवनमा २६, नवलपुरमा २७ गते अभियान अन्तरगतको कार्यक्रम हुनेछ । यस्तै नवलपरासी पश्चिममा २८ गते, रुपन्देहीमा चैत २, कपिलपस्तुमा ३, दाङमा ४, बाँकेमा ५, बर्दियामा ६, कैलालीमा ७ र कञ्चनपुरमा ८ गते अभियान अन्तरगतको कार्यक्रम हुनेगरी समय हेरफेर भएको छ । यसअघिको कार्यतालिकाअनुसार ७ गते सम्पन्न हुने भनिएको पहिलो चरणको यो अभियान अब चैत ८ गते सकिनेछ ।
फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएका छन् भने कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रमहरू आयोजना गर्ने गरिएको माओवादीले जनाएको छ ।
अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली रहेका छन् ।
यस्तै सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक समेत अभियानमा सहभागी छन् ।
अभियानअनुसार हालसम्म फागुन १२ गते झापापछि मोरङमा फागुन १३, सुनसरीमा फागुन १५, सप्तरीमा फागुन १६ र फागुन १७ गते सिरहामा कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै धनुषामा फागुन १८ र महोत्तरीमा फागुन १९ गते कार्यक्रम तय भएको छ । यस्तै फागुन २० गते अध्यक्ष प्रचण्ड थारु मोर्चाको सम्मेलनको उद्घाटन गर्न कैलालीको टिकापुर जाने तय भएको छ भने त्यसपछि २२ गतेदेखि मात्रै सर्लाहीबाट अभियान सञ्चालन हुनेगरी कार्यक्रम तय भएको ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म