माओवादी अभियान : सर्लाहीदेखि पश्चिमका समय तालिका हेरफेर, कहाँ कहिले ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को समय तालिका हेरफेर गरिएको छ । माओवादीले शनिबार मातहतका कमिटीमा सर्कुलर पठाउँदै सर्लाहीदेखि पश्चिमका कार्यक्रम समय हेरफेर भएको जानकारी दिएको एक नेताले रातोपाटीलाई बताए ।
समयको चापका कारण सर्लाहीदेखि पश्चिमका कार्यक्रम १/१ दिन सार्नेगरी कार्यतालिका हेरफेर भएको ती नेताले जानकारी दिए । उनका अनुसार सर्लाही जिल्लामा यसअघि फागुन २१ गते हुने भनिएको अभियानको कार्यक्रम अब २२ गते हुने भएको छ ।
यस्तै अब रौतहटमा २३, बारामा २४, पर्सामा २५, चितवनमा २६, नवलपुरमा २७ गते अभियान अन्तरगतको कार्यक्रम हुनेछ । यस्तै नवलपरासी पश्चिममा २८ गते, रुपन्देहीमा चैत २, कपिलपस्तुमा ३, दाङमा ४, बाँकेमा ५, बर्दियामा ६, कैलालीमा ७ र कञ्चनपुरमा ८ गते अभियान अन्तरगतको कार्यक्रम हुनेगरी समय हेरफेर भएको छ । यसअघिको कार्यतालिकाअनुसार ७ गते सम्पन्न हुने भनिएको पहिलो चरणको यो अभियान अब चैत ८ गते सकिनेछ ।
फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएका छन् भने कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रमहरू आयोजना गर्ने गरिएको माओवादीले जनाएको छ ।
अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली रहेका छन् ।
यस्तै सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक समेत अभियानमा सहभागी छन् ।
अभियानअनुसार हालसम्म फागुन १२ गते झापापछि मोरङमा फागुन १३, सुनसरीमा फागुन १५, सप्तरीमा फागुन १६ र फागुन १७ गते सिरहामा कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै धनुषामा फागुन १८ र महोत्तरीमा फागुन १९ गते कार्यक्रम तय भएको छ । यस्तै फागुन २० गते अध्यक्ष प्रचण्ड थारु मोर्चाको सम्मेलनको उद्घाटन गर्न कैलालीको टिकापुर जाने तय भएको छ भने त्यसपछि २२ गतेदेखि मात्रै सर्लाहीबाट अभियान सञ्चालन हुनेगरी कार्यक्रम तय भएको ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण