दल विभाजनतर्फ नलाग्न सरकारसँग जोशीको आग्रह
शनिबार, १७ फागुन २०८१, १६ : ४०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य भानुभक्त जोशीले दल विभाजनतर्फ नलाग्न सरकारसँग आग्रह गरेका छन् । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा जोशीले कांग्रेस र एमालेजस्तो जिम्मेवार दलले अरू दल विभाजनतर्फ लाग्न नहुने बताए ।
दल फुटाउनुभन्दा विपक्षी दलहरूसँग मिलेर देशका ठुला र जटिल समस्या समाधान गर्नतर्फ लाग्न उनले आग्रह गरे । त्यस्तै उनले अहिले ल्याइएका कुनैपनि अध्यादेश देशको हितमा नभएको भन्दै फिर्ता लिन सरकारसमक्ष आग्रह गरे । जोशीले कांग्रेस र एमालेबिच पनि अध्यादेश ल्याउने विषयमा सहमति भएको नदेखिएको बताए । उनले देशमा अनेक खालका समस्या रहेको सुनाउँदै तीनको हल गर्नुपर्नेमा सरकार अध्यादेशको चक्करमा परेको भन्दै असन्तुष्टि पाखे ।
उनले अध्यादेशको प्रक्रिया सही नभएकाले समर्थन गर्न नसकिएको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण