विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुलीको बिदाइ
विराटनगर । उमेर हदका कारण अनिवार्य अवकाशमा गएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको बिदाइ गरिएको छ । आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको बिदाइ गरिएको हो ।
कार्यक्रममा मेयर नागेश कोइरालाले अबीर, टीका र खादा लगाएर मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पराजुलीले अमिट छाप छाडेर गएको स्मरण गरे ।
मेयर कोइरालाले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्धलाई थप मजबुत बनाउन पराजुलीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले जनप्रतिनिधिले अघि सारेका योजना कार्यान्वयनमा पराजुली नेतृत्वको कर्मचारी संयन्त्रले सधैँ सहयोग गरेको उल्लेख गरे ।
निजामती सेवामा साढे ३ दशकभन्दा लामो अनुभव संगालेका पराजुलीबाट विराटनगरले भविष्यमा पनि साथ र सहयोग प्राप्त गर्ने मेयर कोइरालाले विश्वास व्यक्त गरे ।
त्यस्तै पराजुलीले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिए । जनप्रतिनिधिसँग जनताका असीमित चाहना हुने भएकाले कर्मचारीले जनप्रतिनिधिका समस्या बुझेर काम गर्नु आवश्यक रहेको उनले औँल्याए ।
मोरङको साविक हसन्दह स्थायी घर भएका पराजुली लेखापालबाट सरकारी सेवा प्रवेश गरी सहसचिवबाट अवकाश भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
-
माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश
-
व्यवसायी अजेय सुमार्गीको राहदानी रोक्का
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण