अमेरिकाबाट डिपोर्ट भएकाहरुले नेपाल प्रहरीलाई दिए यस्तो बयान
बुधबार, २१ फागुन २०८१, १३ : ०१
काठमाडौँ । नेपाल प्रहरीले अमेरिकाको निष्कासनमा परेर नेपाल फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ । नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो पुराइएका उनीहरूलाई सोधपुछ गरिएको हो ।
अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । प्रारम्भिक सोधपुछका क्रममा केहि नेपालीहरू ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानुन उलङ्घन गरेर फर्काइएको पाइएको उनले बताए ।
त्यस्तै उनीहरुले बयानको क्रममा अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिए ।
बुधबार अमेरिकाबाट चार्टर विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण