राष्ट्रियसभामा भूमि अध्यादेशको खोजी, सांसदले भने– कता हरायो ?
बिहीबार, २२ फागुन २०८१, १४ : ५९
काठमाडौँ । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले भूमिसम्बन्धी अध्यादेश कता गयो भनेर प्रश्न गरेका छन् । बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ माथिको छलफलका क्रममा सांसद शर्माले सरकारले ल्याएका अध्यादेश ल्याएकोमा मन्त्रीहरूलाई गलत तरिकाले ल्याएको महसुस भइरहेको आफूले पाएको बताए ।
उनले एकैपटक ३१ वटा ऐन संशोधन गर्नुपर्ने जरुरी किन पर्यो भनेर प्रश्न गरे । साथै उनले भूमिसम्बन्धी अध्यादेश कता हरायो भनेर प्रश्न गरे । ‘६ वटा अध्यादेश ल्याएकोमा भूमिसम्बन्धी अध्यादेश कता हरायो ? यहाँ देखा परेको छैन’, उनले भने, ‘यो नआउनुमा कहाँ कुरा मिलेन ?’ उनले भूमि अध्यादेश कसैले खोसेको हो वा तानेको हो भन्दै बजेट निर्माणमा योजना आयोगलाई पङ्गु बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण