सैफ अली खानको रेस–४ मा को बन्ने भए भिलेन ?
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानको रेस फ्रेन्चाइजीको नयाँ फिल्म आउँदैछ । फिल्मको बाँकी कलाकार र छायांकन स्थानबारे खासै जानकारी आएको छैन । तर हालैका रिपोर्टहरूका अनुसार, यी बलिउड अभिनेतालाई फिल्ममा खलनायकको भूमिका निर्वाह गर्न फाइनल गरिएको छ ।
फिल्मफेयरको एक रिपोर्ट अनुसार, हर्षवर्धन राणे २०२५ मा सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्ये एक बनेका छन् । उनको फिल्म सनम तेरी कसमको पुनः रिलीजको सफलताका कारण उनको चर्चा चुलिएको हो । यसैबिच हर्षवर्धन फिल्म रेस–४ मा खलनायकको भूमिकामा देखिन सक्नेछन् ।
सैफ पनि हुनेछन् रेस ४ को हिस्सा ?
एक्सन थ्रिलर फिल्म रेसको चौथो फ्रान्चाइज, रेस ४ को रिलिजको खबर बाहिर आएदेखि नै रेस फिल्मका फ्यानहरू यस फिल्मलाई लिएर धेरै उत्साहित छन् । सैफ अली खान रेस ४ को हिस्सा हुनेछन् भन्ने खबर आएको थियो । फिल्ममा हर्षवर्धनको संलग्नतासँगै रेस–४ ले नयाँ मोड लिएको छ ।
रेस–४ को लागि सिद्धार्थ मल्होत्राको नाम पनि विचार भइरहेको खबर छ । रेस–४ को छायांकन जनवरी २०२५ बाट सुरु हुने बलिउड हंगामासँग कुरा गर्दै रेस फिल्मका लेखक शिराज अहमदले बताएका थिए । उनले स्क्रिप्ट र कास्टिङ लगभग तयार भइसकेको पनि बताएका छन् । कथाले पहिलो दुई फिल्मको संसारलाई अगाडि बढाउनेछ र त्यसमा भएका घटनाहरूलाई जोड्ने बताइएको छ ।
रेस शृङ्खलाको अन्तिम फिल्म रेमो डिसुजाले निर्देशन गरेका थिए र यसमा सलमान खान, अनिल कपूर, बबी देओल, ज्याकलिन फर्नान्डेज, डेजी शाह र साकिब सलीमले अभिनय गरेका थिए । रेसका फ्यानहरू यसको चौथो किस्ताको आधिकारिक घोषणाको पर्खाइमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण