रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि युद्धविराम वार्तालाई भाँड्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । उनले रुस कुटनीति टुटोस् र युद्ध जारी रहोस् भन्ने मनस्थितिमा रहेको समेत टिप्पणी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घेराबन्दी गरिएका युक्रेनी सैनिकलाई निशानामुक्त गर्न आग्रह गरे पश्चात जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।
युक्रेनी सेनाले रुसको कुस्र्क क्षेत्रमा आफ्ना बलमाथि गरेको घेराबन्दीलाई अत्याचार भनेको छ भने जसलाई नस्वीकार्ने बताएको छ । रुसी राष्ट्रपति पुटिनले भने यदि युक्रेनी सैनिक हतियार छोडेर आत्मसमर्पण गर्न तत्पर हुन्छन् भने कुस्र्कमा उनीहरुको जीवन रक्षाको ग्यारेन्टी मस्कोले लिने बताएका छन् ।
यस्तै, क्यानाडामा जी सेभेन बैठकपछि बोल्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनमा युद्धविरामका लागि ‘सावधानीपूर्ण आशावादी’ हुन सकिने भए पनि यसमाथि थप काम गर्न जरुरी रहेको बताए ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोमा वार्ताका दौरान अमेरिकाले पुटिनसँग ‘अतिराम्रो तथा उत्पादक’ छलफल गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण