ट्याक्सी चालकको हत्या र लुटपाट गरी फरार १५ वर्षपछि पक्राउ
शनिबार, ०२ चैत २०८१, १७ : ५५
काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे बेथानचोक गाउँपालिका-६ सिउँरानी घर भएका ३६ वर्षीय बाबु लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको २०७५ भदौ ३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका-६ काँकडभिट्टा एरियाबाट पक्राउ गरेको हो ।
भक्तपुर मध्यपुर थिमी नगरपालिका-१६ स्थित नरेफाँटमा २०६६ मंसिर २६ गते राति बा.१ ज ९१४ नम्बरका ट्याक्सी चालक काभ्रे रोसी गाउँपालिका-४ लेम्बाबेसी घर भएका २५ वर्षीय मेघ बहादुर तामाङको हत्या गरी नगद र मोबाइल समेत लुटपाट गरेको घटनामा संलग्न लामालाई जिल्ला अदालत भक्तपुरबाट उक्त सजाय ठहर भएको थियो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण