बागमतीको बजेट बहुमतले पारित
सारांश
- बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेट बहुमतले पारित भएको छ ।
- अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८३ बहुमतले पारित भएको हो ।
- खर्च कटौतीका लागि दर्ता गरिएका तीन वटा प्रस्ताव भने बहुमतले अस्वीकृत भएका छन् ।
हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८३ बहुमतले पारित गरेको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा पेस गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
मन्त्री तामाङले पेस गरेको उक्त प्रस्तावलाई उपसभामुख अप्सरा चापागाईँले निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । उपसभामुख चापागाईँले निर्णायार्थ प्रस्तुत गरिएको उक्त प्रस्तावको पक्षमा रहेर सत्तारुढ दलका सांसदहरूले हुन्छ भनेका थिए भने प्रतिपक्षका सांसदहरूले हुन्न भनेका थिए । हुन्छ भन्ने प्रस्तावको पक्षमा बढी सांसद रहेकाले उपसभामुख चापागाईँले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरेकी थिइन् ।
बैठकमा प्रदेशसभाका ३ जना सांसदहरूले सरकारको बजेटमा खर्च कटौतीको प्रस्ताव राखेका थिए । बैठकमा सांसद ईश्वर सापकोटा, सृजना सायजु र रत्नप्रसाद ढकालले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय माथि खर्च कटौती राखेका थिए । उनीहरूले संसदमा प्रस्तुत भएको खर्च कटौतीको प्रस्तावलाई सभामुख पाठकले निर्णायार्थ पेस गरेका थिए । उक्त प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए ।
त्यसअघि प्रदेशसभामा सरकारको बजेट माथि सांसदहरूले गत असार १६ गतेदेखि निरन्तर छलफल हुँदै आएको थियो । सांसदहरूले बजेट माथिको छलफलमा राखेका धारणा बारेमा शुक्रबार र शनिबारको बैठकले विभागीय मन्त्रीहरूले जवाफ दिएका थिए ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण