आईपीएल सुरु हुनुअघि कोलकातालाई झट्का, घाइते भए तीव्र गतिका बलर
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा सहभागी क्लबमध्येको एक कोलकाता नाइट राइडर्सका एक खेलाडी घाइते भएका छन् ।
कोलकाता नाइट राइडर्सका तीव्र गतिका बलर उमरान मलिक घाइते भएका हुन् । उनले प्रतियोगिताको सम्पूर्ण खेल गुमाउने समाचारमा जनाइएको छ । उमरान मलिकको स्थानमा कोलकाता नाइट राइडर्सको टोलीमा चेतन सकारियाले स्थान पाएका छन् ।
चेतन बायाँहाते तीव्र गतिका बलर हुन् । चेतनले भारतको सिनियर राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । उनले भारतका लागि एउटा एकदिवसीय अन्तर्राष्ट्रिय र दुईवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
उनले हालसम्म आईपीएलमा १९ खेल खेलेका छन् । त्यसमा उनले कुल २० विकेट लिएका छन् । चेतनलाई ७५ हजार भारतीय टोलीमा कोलकाता नाइट राइडर्सले टोलीमा अनुबन्ध गरेको समाचारमा जनाइएको छ ।
आगामी आईपीएलमा कोलकाता नाइट राइडर्सले आफ्नो पहिलो खेल मार्च २२ तारिखमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ । उक्त खेल कोलकाताको घरेलु मैदान ईडन गार्डन्समा खेलिने छ । यो सिजन कोलकाताका कप्तान अजिनक्या रहाणे हुन् ।
कोलकाता नाइट राइडर्समा रहाणेका अतिरिक्त क्विन्टन डी काक, वेंकटेश ऐयर, रिंकु सिंह, रमनदीप सिंह, अंगकृष रघुवंशी, आन्द्रे रसेल, सुनिल नारिन, हर्षित राणा, एनरिक नोर्जे, वरुण चक्रवर्तीजस्ता प्रभावशाली खेलाडी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026