प्रतिनिधिसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
सोमबार, ०४ चैत २०८१, ११ : २९

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा पेस गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजै प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी, आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ र उक्त विधेयकलाई पारित गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव पेस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशलाई हराउँदै इरानको टोली सेमिफाइनलमा
-
१४ वर्ष मुनिका बालबालिकाका लागि नि:शुल्क क्यान्सर उपचार सेवा दिने घोषणा
-
निजामति कर्मचारी विधेयक बर्खे अधिवेशनबाट पारित गरिने
-
समस्याग्रस्त सहकारी बचतकर्ताले तत्काल राहत पाउने, कोष स्थापना गर्ने सरकारको घोषणा
-
अनावश्यक सार्वजनिक संरचना खारेज वा गाभ्ने घोषणा
-
सरकारको नीति तथा कार्यक्रम पेस, संसदमा देखियो यस्तो दृश्य