एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टीमको बिदाई
काठमाडौं । सिंगापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टीमको बिदाई गरिएको छ । मंगलबार काठमाडौंमा राखेप सदस्य–सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीले राष्ट्रिय फुटबल टीमको बिदाई गरेका हुन् ।
नेपालले यही चैत ८ गते सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने एसियन कप छनोटमा चैत १२ गते मलेसियासँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्नेछ । विदाई कार्यक्रममा टीमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक र नयाँ खेलाडीका साथै छोटो समयको प्रशिक्षणपछि पनि खेलका लागि उत्साहित भएको बताए । नयाँ प्रशिक्षक भएपनि त्यसलाई सवैले सहजरुपमा लिएर प्रशिक्षणमा सहभागी भएको उनको भनाइ थियो । उनले अवको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने र साफका लागि तयारी हुनेसमेत उल्लेख गरे ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले खेलाडीको प्रशिक्षण र व्यवहार निकै राम्रो भएकाले उत्कृष्ट टीम निर्माण भएको बताए । २३ सदस्यीय टीम बनाउँदा केही खेलाडी छुटेपनि मैत्रीपूर्ण खेल र एसियन कप छनोटमा राम्रो नजिता आउनेमा आफु सकारात्मक रहेको उनको भनाई थियो ।
मुख्य प्रशिक्षक म्याट रसले सोमबार नै २३ सदस्यीय टीमको घोषणा गरेका थिए । जसअनुसार गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरीले पहिलो पटक राष्ट्रिय टीममा स्थान बनाएका छन् भने स्ट्राइकर रेजिन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जु राष्ट्रिय टीममा फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै, कुन–कुन ऐनमा कस्तो संशोधन ?
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण