महेन्द्र मोरङ क्याम्पसमा स्ववियु चुनाव : २ बजेसम्म २ हजार २५ मत खस्यो
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी रहेको छ ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेसम्म २ हजार २५ मत खसेको छ । जसमध्ये १ हजार ९६ छात्र र ९२९ छात्राले मतदान गरिसकेका छन् । महेन्द्र मोरङ क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् ।
त्यसको लागि निर्वाचन कार्यालयले १५ वटा मतदान स्थल बनाएको छ । आज साझ ४ बजेसम्म मतदान गर्ने समय रहेको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् ।
अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्ज्वल विष्टलाई सभापतिको उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादवलाई उम्मेदवार बनाएको छ । यस्तै एमाले निकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण