तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तनहुँका ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवश्यकता परेका तथा बजेट माग प्रक्रियामा रहेका तनहुँका स्वास्थ्य संस्थाका लागि समेत बजेट निकासामा प्राथमिकता दिन भने पछि मन्त्रालयले बजेट पठाएको हो ।
यसरी बजेट प्राप्त गर्नेमा भिमाद नगरपालिका १ तथा ऋषिङ गाउँपालिकाका ५ र ८ वडाका आधारभूत स्वास्थ्य केन्द्र छन् । यसैगरी, शुक्लागण्डकी १० मा आधारभूत स्वास्थ्य केन्द्रका लागि पालिकामा बजेट गएको छ । यी सबै वडामा ३८ लाख ८६ हजार बजेट गएको छ ।
भिमाद ३ तथा आँबुखैरेनी – ५ मा समेत आधारभूत स्वास्थ्य केन्द्रका लागि ३७ लाख बजेट पालिकामा गएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मन्त्रालयले तनहुँका विभिन्न स्वास्थ्य केन्द्र तथा अस्पतालका लागि समेत माग तथा उपलब्धताका आधारमा प्राथमिकतासाथ उपकरणहरु उपलब्ध गराउँदै आएको सचिवालयले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण